सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

शनिबार, १५ असार २०८१, १७ : ४९
शनिबार, १५ असार २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

  • सप्तरी, बिष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स.८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्‍वर यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • झापा, दमक नगरपालिका-१ बरगाछीस्थित सडकमा श्रीपाली टोलबाट बेलडागीतर्फ जाँदै गरेको मे.१ ह ६४०९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ डेरा गरी बस्ने काठमाडौं घर भएकी २४ वर्षीया सर्मिला लिम्बु (मगर)की  छोरी २ वर्षीया आरूसी मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी सर्मिलाको सोही अस्पतालामा उपचार भइरहेको छ । हाल फरार सिटी सफारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
  • दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ ग्वारखोला पुल नजिकै पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा.३ प ३७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय सागर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • रौतहट, गरूडा नगरपालिका-१ जयनगरस्थित सडकमा गौरबाट चपुर हुँदै वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार माधवनारायण गाउँपालिका-३ भेल्ही बस्ने शैलेन्द्र कुमार गिरीकी छोरी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पताल शिवनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्‍चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • यसैगरी रौतहट, राजपुर नगरपालिका-६ अकलवा चोकमा बैरीयाबाट मनसरीतर्फ जाँदै गरेको बिआर ३० एन ३४७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईशनाथ नगरपालिका-८ मनसरी बस्ने फजले हककी छोरी १२ वर्षीया फरिना खातुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • डोटी, सायल गाउँपालिका-४ डौडस्थित सडकमा भे.२ त १७६० नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ४६ वर्षीय रामकिसन डगौराको घटनास्थलमै मृत्यु भएको छ । 
  • धनुषा, जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज.३ प ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री जनकपुर उपमहानगरपालिका-१४ सडक डिभिजन कार्यालय जनकपुरमा कार्यरत सर्लाही हरपुर्वा गाउँपालिका घर भएका ५८ वर्षीय प्रबेश राउतको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप