सोनु निगमले धोए आशा भोस्लेको खुट्टा, अनि चुम्बन गर्दै ढोगे
![सोनु निगमले धोए आशा भोस्लेको खुट्टा, अनि चुम्बन गर्दै ढोगे](https://npcdn.ratopati.com/media/news/20240629052146_untitled-design_AUuQHnKirV.webp)
मुम्बई । प्रसिद्ध गायिका आशा भोस्लेको जीवनी ‘स्वरस्वामिनी आशा’ शुक्रबार मुम्बईमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । सो अवसरमा सोनु निगमले आशा भोस्लेलाई मञ्चमा गुलाफको फूलसहितको जलले खुट्टा धोएर सम्मान गरेका थिए ।
त्यसपछि उनले आशा भोस्लेको खुट्टामा चुम्बन गर्दै ढोगेका थिए। भोस्लेले पनि सोनुलाई यो माया र सम्मानका लागि धन्यवाद दिइन् ।
सो अवसरमा सोनु निगमले भने, ‘आजकाल सामाजिक सञ्जालमा गायन सिक्ने धेरै कुरा छन् । तर पहिले सिक्नका लागि लताजी र आशा ताईले मात्रै हुनुहुन्थ्यो । उहाँले सारा संसारलाई गायन सिकाउनु भएको छ । आशाताईबाट हामीले धेरै कुरा सिकेका छौँ। यसका लागि म उहाँलाई धन्यवाद दिन्छु। ’
सोसल मिडियामा सोनुको यो भिडियो भाइरल भएपछि मिश्रित प्रतिक्रिया आएको छ । यसबारे मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । कतिपयले सोनूको तारिफ गरेका छन् भने केहीले यसलाई अभिनय भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता