सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीपछि गुजरातको विमानस्थलको छत खस्यो

शनिबार, १५ असार २०८१, १६ : ४३
शनिबार, १५ असार २०८१

गुजरात । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ। 

गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको हो । यस दुर्घटनामा कोही घाइते भएको खबर छैन र मर्मत कार्य जारी छ। 

दिल्ली एयरपोर्टको टर्मिनल–१ बाहिर शुक्रबार छत खस्दा एक जनाको मृत्यु भएको छ । त्यसपछि भने टर्मिनल–१ बाट उडान हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप