सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो एग्रिकल्चर गेम रियालिटी शोको आवेदन खुला

शनिबार, १५ असार २०८१, १६ : ३१
शनिबार, १५ असार २०८१

काठमाडौँ ।  पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबिच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको छ ।

तिनै तहका सरकारहरूसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लगायतसँग साझेदारी भएको छ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।

‘र’  एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरूप प्रस्तुत गरिएको छ।

कृषक र कृषि प्राविधिक यस शो मा प्रतियोगी रहने छन् जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने हो ।

'समृद्धि को लागी नयाँ दृष्टि' को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृङ्खलामा आबद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप