सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुलुक विदेशीहरूको चक्रव्यूहमा फस्यो: सीपी मैनाली

शनिबार, १५ असार २०८१, १६ : २२
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले मुलुक विदेशीहरूको चक्रव्यूहमा फसेको बताएका छन् । दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो । 

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरूको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरू हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरू, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान् ? अहिले मैले भन्न पाइनँ । अहिले मुलुक विदेशीहरूको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जान सक्छ । देशमा जनसत्ता आउन सक्ला । र पुँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुन सक्ला ।’

महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिस्ट शक्तिहरूबिच एकता भइहाल्ने अवस्था नरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप