कम्युनिस्टहरूबिच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए ।
उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने उनको भनाई थियो ।
उनले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीले हामी एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्यो । हामी एकता गर्छौँ । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरूको बिचमा एकता हुनैपर्छ । त्यही कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो । मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिईकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिस्टहरू बिचको एकता हुनैपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए