सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

शनिबार, १५ असार २०८१, १५ : ५४
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्टहरू सबै सहमत रहेको बताएका हुन् । 

उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू रहेको जिकिर गरे । उनले सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको बताए ।

उनले भने, ‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो । त्यो कम्युनिस्ट पार्टीका सन्तानका रूपमा आज नेपालमा लाखौँ, लाख श्रमिक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुई वटा प्रवृत्तिको विरुद्धमा निरन्तर सङ्घर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खास गरी सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्ष यो दुई वटा सङ्घर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ । वैचारिक सङ्घर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप