इरानको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेतालाई अग्रता

तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा १० लाख मतले अगाडि छन् ।
हिजो भएको मतदानमा रेकर्ड गिरावट देखिएको थियो । यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्ने विज्ञहरु बताउँछन् ।
इरानको चुनावमा उम्मेदवार रहेका चार जना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले तय गरेका थिए।
६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निर्णय भएको बताइएको छ । उनी पूर्व मुटु शल्यचिकित्सक हुन् भने स्वास्थ्यमन्त्री भइसकेका छन् ।
उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]