जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीद्वारा लिखित आत्मकथा लोकार्पण

काठमाडौँ । भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ आज लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । साथै, राष्ट्रिय धान दिवसको शुभकामना दिँदै कृषि कर्ममा लागिरहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा छोरी सुशाशिका र भाइ एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए ।
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) द्वारा प्रकाशित यो पुस्तक लेखकको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । कार्यक्रमको सञ्चालन मिडियाकर्मी सिमोन न्यौपानेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म