केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु
शनिबार, १५ असार २०८१, १५ : १७

नैरोबी । पूर्वी अफ्रिकी देश केन्यामा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । यसहप्ता भएको विरोध प्रदर्शनमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ ।
केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता