नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी
शनिबार, १५ असार २०८१, १४ : ५१

बुटवल । सदस्यता विवादको टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले शनिवार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासङ्घ रुपन्देही शाखाको बुटवलमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल रेखा भुसाल, जिल्ला सभापति कवीन्द्र नेपाल लगायतको अगुवाइमा तालाबन्दी गरिएको हो । महासङ्घ केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरे पनि सदस्यता विवाद कायमै रहेको छ ।
नेपाल प्रेस युनियन केन्द्र शुक्रवार महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा तालाबन्दी गरेको थियो ।