धान खेतीमा प्रविधिको प्रयोग कति ?
नेपालमा पछिल्लो समय कृषि यन्त्रहरूको प्रयोग बढ्दै गएको छ । कृषि यन्त्रहरूको उपयुक्त प्रयोगले समय र श्रमको बचत हुन्छ । साथै बालीको उत्पादन लागतमा समेत कमी ल्याउन सकिन्छ ।
२०५० सालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि इन्जिनियरिङ महाशाखाको स्थापना भयो, त्यसपछि नेपालमा धान बालीमा कृषि यन्त्रको प्रयोगको औपचारिक सुरुवात भएको मानिन्छ । त्यसपछि नै नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत कृषि इन्जिनियरिङ डिभिजन जनकपुर, कृषि विकास कार्यालय, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाको संग्लग्नतामा कृषि यान्त्रीकरणमा जोड दिइयो ।
- कृषि यन्त्र
नेपालमा जग्गाको तयारीदेखि बाली भण्डारणसम्म विभिन्न प्रकारका कृषि यन्त्र प्रयोग हुँदै आएका छन् । सन् १९७० को दशकभन्दा अघिसम्म हामीकहाँ परम्परागत कृषि यन्त्रहरूको प्रयोग भएको पाइन्छ ।
सन् १९७० को दशकपश्चात् चारपाङ्ग्रे र दुईपाङ्ग्रे ट्याक्टर आयात र प्रयोग हुन थाले । यस्तै, पम्पसेट, हलर, सिड ड्रिल, रिपर; धान मिल, रोप्ने ट्रान्सप्लान्टर, धान गोड्ने विडर भित्रिए । धान काट्ने, कुट्ने, चुट्ने र सफा गर्ने कम्बाइन हार्भेस्टर आदि यन्त्रहरूको आयात एवं प्रयोगसँगै धानबालीले गति लिएको पाएको पाइन्छ ।
खेत जोत्ने कार्यमा यान्त्रीकरणको प्रयोग उच्च भएको पाइन्छ, तर काट्न र भण्डारण गर्न उचित यन्त्रको प्रयोग हुन नसक्दा क्षति धेरै रहेको छ । अनुसन्धानका अनुसार, धान काट्नदेखि भण्डारणसम्मको क्षति करिब १५ प्रतिशत रहेको छ ।
धान उत्पादनमा कृषि यन्त्रहरूको प्रयोगमा सन् १९८० को दशकपश्चात् व्यापकता आएको पाइन्छ । सन् १९९० को दशकदेखि हालसम्म विभिन्न आधुनिक कृषि यन्त्रहरूको प्रयोग नेपालको भूगोल सुहाउँदो किसिमबाट भइरहेको छ । तथापि, धान बालीमा आधुनिक कृषि यन्त्रहरूको प्रयोग अपेक्षाकृत रूपमा हुन सकिरहेको छैन ।
खेत जोत्ने कार्यमा यान्त्रीकरणको प्रयोग उच्च भएको पाइन्छ, तर काट्न र भण्डारण गर्न उचित यन्त्रको प्रयोग हुन नसक्दा क्षति धेरै रहेको छ । अनुसन्धानका अनुसार, धान काट्नदेखि भण्डारणसम्मको क्षति करिब १५ प्रतिशत रहेको छ ।
- बिउ र कृषि यन्त्र
धान रोप्नुअघि धानको बिउ छुट्टै लगाउने गरिन्छ । त्यसका लागि जग्गा तयार गर्न टिलरको प्रयोग हुन्छ । अझ राइस ट्रान्सप्लान्टरले धान रोप्ने हो भने त्यसका लागि बिउ राख्ने तरिका छुट्टै हुन्छ । यसका लागि ‘ट्रे’मा धानको बिउ राखिन्छ । ट्रेमा तयार गरिएको धानको ब्याडलाई ट्रान्सप्लान्टरको सहायताले सजिलै खेतमा रोपिन्छ ।
- सिँचाइमा यन्त्र
हामीकहाँ पानी तान्ने पम्पहरूको प्रयोग गरी सिँचाइ भइरहेका छन् । यसमा पेट्रोलियम पदार्थ (डिजेल, मट्टीतेल) पदार्थबाट चल्ने पानी तान्ने मोटर, पानी तान्ने विद्युतीय मोटर लगायत यन्त्रहरू प्रयोग भएका छन् ।
- जोत्न यन्त्र
मिनी–टिलर, पावर–टिलर र ट्र्याक्टरको प्रयोग खेत जोत्न र जग्गा तयार गर्न हुने गरेको छ । पहाडी जिल्लामा मिनी–टिलरको प्रयोग बढी हुने गरेको छ भने तराईमा पावर–टिलर र ट्र्याक्टरको प्रयोग बढी छ । धान खेतीमा अरु कार्यको तुलनामा धान रोप्न कम यान्त्रीकरण भएको पाइन्छ । राइस ट्रान्सप्लान्टरको प्रयोग गरेर धान रोप्न सकिन्छ, यसको प्रयोग भने निकै न्यून छ ।
- गोड्ने र मल हाल्ने यन्त्र
धान गोड्न विडरको प्रयोग गर्न सकिन्छ । विषादी तथा मल हाल्न ड्रोनको प्रयोग गर्न सकिन्छ । हामीकहाँ विडरको केही प्रयोग भए पनि ड्रोनको प्रयोग भने परीक्षणकै चरणमा छ ।
- धान काट्न
हामीकहाँ धान बालीमा व्यापक प्रयोग भएको धान बाली भित्र्याउने मेसिन हो । हाल देशभर रिपर र कम्बाइन हार्भेस्टरको प्रयोग बढी भएको पाइएको छ । यस्तै, थ्रेसरको प्रयोग भएको छ । रिपर मेसिन धान काट्न मात्रै प्रयोग हुन्छ । यसले काटेको धानबालीबाट दाना निकाल्न पुनः थ्रेसर प्रयोग गरिन्छ । कम्बाइन हार्भेस्टरबाट भने सिधै धानको दाना मात्रै निकालिन्छ ।
- धान कुट्ने यन्त्र
धानको दानाबाट चामल बनाउन राइस मिलमा पनि विभिन्न कृषि मेसिनरी प्रयोग भइरहेको छ ।
- भण्डारण
नेपालमा परमपरागत रूपमा भकारीमा धान भण्डारण गरिँदै आएको छ । पछिल्लो समय पीआईसीएस ब्यागको प्रयोग हुन थालेको छ । यसमा भण्डारण गर्दा धान किरा लाग्नबाट मात्रै जोगिँदैन, पानीबाट पनि जोगिन्छ ।
हामीकहाँ धान लगायत कृषि क्षेत्रमा मेसिनरी प्रयोग अत्यन्त आवश्यक छ, तर नेपालमा यसको भरपुर सदुपयोग हुन सकेको छैन । कृषि मेसिनरीको प्रयोगले नेपाली कृषिमा लागत घटाउन सकिन्छ ।
(बोहरा नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका प्रबन्धक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
-
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
-
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
-
चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी
-
पार्टी सङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल