सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : परिसूचकसँगै घट्यो कारोबार

शनिबार, १५ असार २०८१, १४ : ००
शनिबार, १५ असार २०८१

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकभन्दा बढीले घटेको छ । साताको ५ कारोबार दिनमध्ये ३ दिन घटेको थियो । यस्तै २ दिन परिसूचक बढ्यो । यससँगै नेप्से परिसूचक २०५१ अंकमा आइपुगेको छ ।

यो साता नेप्से परिसूचक २०६८ बाट सुरु भएको थियो । साताका पाँच कारोबार दिनमध्ये आइतबार ५.३७ अंक, बुधबार ११.६० अंक र बिहीबार ८.२४ अंकले परिसूचक घट्यो । यस्तै सोमबार ३.२१ अंक र मंगलबार ५.६० अंकले परिसूचक बढेको थियो ।

यो साता नेप्सेमा २१ अर्ब २० करोड रुपैयाँ हाराहारीको कारोबार समेत भएको छ । आइतबार ४ अर्ब ३२ करोडको कारोबार हुँदा सोमबार ५ अर्ब २ करोडको कारोबार भएको थियो । यस्तै मंगलबार ४ अर्ब १७ करोड, बुधवार ४ अर्ब २ करोड र बिहीबार ३ अर्ब ६३ करोडको कारोबार भएको थियो ।

४ दिन कारोबार भएको नेप्सेमा गत साता साढे १६ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको थियो । यस्तै यो साता नेप्सेको कूल बजार पुँजीकरण समेत घटेको छ । गत साता ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण यो साता ३२ खर्ब ५३ अर्ब रुपैयाँ कायम रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप