सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीकाे दसौँ राष्ट्रिय महाधिवेशन

महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : खनाल

शनिबार, १५ असार २०८१, १३ : १३
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको स्पष्ट पारेका छन् । महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनले बताएका हुन् ।

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै नेता खनालले भने,  ‘मलाई गुटबन्दीको कुरा आउँदैन । माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन । कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौँ, त्यो घरमा होला, रेस्टुरेन्टमा होला । महाधिवेशनअघि यस्तो सामान्य हो । तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो ।’

खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुङ्गोमा पुग्ने जिकिर गरे । उनले यसबारे पाटीभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए ।  उनले भने, ‘पार्टी संगठन भनेको कमरेडलाई व्यवस्थापन गर्ने थलो हो । पहिले एउटै नेता भए पनि पुग्थ्यो । सातौँ महाधिवेशनसम्म एउटै नेता थिए, आठौँदेखि हामीले विभिन्न पद सिर्जना गर्‍यौँ । विचार र व्यवस्थापनलाई सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । २१ जना पदाधिकारी गरौँ भन्नेमा सहमति भएको हो । त्यहाँभित्र को व्यक्ति को पदमा बस्ने भन्ने हामी छलफल गर्छौँ र छलफल गरेर कुन कमरेडलाई कुन सिटमा राख्दा पार्टी गतिशील हुन्छ भन्ने निष्कर्ष चाँडै निकाल्छौँ ।’

२०७१ सालपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद हाबी भएको खनालको भनाई छ । २०६२÷६३ पछि नै पुँजीवादी क्रान्तिको चरण सकिएर समाजवादी क्रान्तिको चरण सुरु हुनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । ‘संविधान बनेपछि त अब हाम्रो समाजवादी कार्यक्रम सुरु भयो भनेर कम्युनिस्ट पार्टीहरू अगाडि आउनुपर्ने थियो । तर धेरै लामो समय बित्यो, समाजवादी कार्यक्रम आउन सकेन,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप