सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ

शनिबार, १५ असार २०८१, १२ : ३४
शनिबार, १५ असार २०८१

काठमाडौँ । बाँकेको नेपालगन्जमा सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरी छन् । उनलाई नेपाल– भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बाँकेका एसपी तुलबहादुर कार्कीले रातोपाटीलाई बताए । उनी शुक्रवार पक्राउ परेका हुन् ।

२९ वैशाख २०८० मा नेपालगन्जमा डेरा गरेर बस्ने कोहलपुर–६ घर भएकी थारुको हत्या भएको थियो । घाँटी रेटेर हत्या भएको घटनामा संलग्न आरोपीलाई प्रहरीले लामो समयसम्म पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो ।

आरोपीलाई अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप