समयमै काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : महर्जन
शनिबार, १५ असार २०८१, ११ : ५१

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरूको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरूलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताएका छन् ।
शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गरे ।
उनले भने, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरूलाई बोलाएर आयोजनाहरू समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौँ । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौँ ।’
प्राकृतिक विपद्हरू बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'
-
सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
-
९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह