श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि

कोलम्बो । सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो ।
खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १।०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो ।
श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ ।
देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् ।
आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा
-
‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
-
दरभङ्गामा दुई दिन : याद र अनुभूति
-
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर
-
वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)
-
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु