रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

रौतहट । रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी