सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गीतकार उर्मिलाको ‘मनको कथा’ सार्वजनिक

शनिबार, १५ असार २०८१, १० : ५३
शनिबार, १५ असार २०८१

काठमाडौँ । गीतकार उर्मिला बस्नेत कार्कीको शब्द र बाल गायिका टेरेशा विश्वकर्माको स्वर रहेको गीत ‘मनको कथा’ सार्वजनिक भएको छ ।

हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा बुबा आमा एक आपसमा बिछोडिँदा बच्चाहरूको कलिलो मानस पटलमा कस्तो चेट पर्छ भनेर देखाउन खोजिएको छ । भिडियोमा गायिका टेरेशासहित सुवास, सोनिका र अन्विशा लगायतका कलाकारको अभिनय छ ।

दिनेश पराजुलीको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप