सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
विपद्

अपडेट : पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

शनिबार, १५ असार २०८१, १० : ४३
शनिबार, १५ असार २०८१

बुटवल ।  गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । 

जिल्ला  प्रहरी कार्यलय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक,  बुहारी सिता बिक, नातिनि सपना विक र  बिपना विक रहेका छन् ।

इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप