सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्थानीयको जीवनस्तर सुधारका लागि ७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गरिँदै

शनिबार, १५ असार २०८१, ०९ : ३०
शनिबार, १५ असार २०८१

काठमाडौँ ।  सहरी विकास मन्त्रालयले एसियाली विकास बैंक एडिबीको सहयोगमा नेपालका ७ सहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्त्वाकाङ्क्षी परियोजना सुरु गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत सञ्चालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी सहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । 

परियोजनालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा शुक्रवार सहरी विकासमन्त्री धनबहादुर बुढाले एसियाली विकास बैङ्कका प्रतिनिधिहरुसँग प्रारम्भिक बैठक सुरु गरेका थिए । बैठकमा मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो । 

उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडीबीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजी लगायत टिम नेपाल आएको थियो । 

बैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थानीय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिए । सहरी विकास मन्त्रालयको समन्वयमा एडीबीले यसअघि पनि थुप्रै परियोजना सफलतापूर्वक सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिए। 

परियोजनाले स्थानीयको जीवनस्तर सुधार गर्न नगरपालिकाको पूर्वाधार र सेवाहरूमा सुधार गर्नुका साथै प्राकृतिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनलाई पुनर्जिवित गर्ने लक्ष्य लिएको उक्त परियोजनाका निर्देशक रोशन श्रेष्ठले बताए ।

साथै उक्त परियोजनाले सात नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागको संस्थागत क्षमतामा समेत सुधार गर्ने लक्ष्य लिएको छ । 

यस परियोजनाले जलवायु र विपद् जोखिमहरूको विरुद्ध उद्यमशीलता वृद्धि, र दिगो पर्यटन मार्फत स्थानीय आर्थिक वृद्धि प्रदान गर्न अध्ययनसहित भू उपयोग योजना तथा निर्माण गर्ने लक्ष्य राखेको निर्देशक श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप