सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)
पदयात्रा

प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)

शनिबार, १५ असार २०८१

काठमाडाैँ । नेपाल कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै पैदल यात्रा भएको छ । कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला पुग्दै छ । 

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप  पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ । 

सडक विस्तार गर्ने भनेर सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष र फोहोर थुपार्ने स्थल बनेका छन् । २ वर्षभित्र सक्ने गरी कलङ्की– वसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबिच भएको भए पनि अहिले यी ठाउँहरू विरूप र कुरूप बनेका छन् ।

चक्रपथ विस्तारका लागि कलङ्कीदेखि ग्रीनसिटी हस्पिटल क्षेत्रसम्म खन्ने काम बाहेक केही भएको छैन । घाम लाग्दा धुलो र पानी पर्दा हिलो त यो सडक खण्डको विशेषता नै बनिसकेको छ । अझ बालाजु, भाटभटेनीदेखि स्वयम्भूसम्मको यात्रा गर्दा अव्यवस्थित रूपमा थुपारिएका भग्नावशेष र खिइँदै गएका पुराना गाडीले विकासको लक्ष्यलाई गिज्याइरहेको छ ।

ringroad yatra (3)

नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ मा सम्झौता गरी काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन ।

नेपाल र चिनियाँ सरकारबिच भएको द्विपक्षीय सम्झौतामा नेपालले गर्नुपर्ने काम भइसकेपछि मात्रै चिनियाँ पक्षले निर्माण सुरु गर्ने उल्लेख छ । सम्झौतामा साइट क्लियरेन्स, ढल, विद्युत्को पोल सार्ने, तारको व्यवस्थापन लगायतका कार्य सम्पन्न गर्नुपर्ने दायित्व नेपाल पक्षको छ ।

ringroad yatra (1)

साइट क्लिरियन्सको काम सकिइसकेको नेपालले दाबी गर्दै आएको भए पनि यो सडक खण्डमा अझै पनि काम भइनसकेको प्रस्ट देख्न सकिन्छ । सम्झौता अनुसार कलङ्कीदेखि सीतापाइलासम्म चार लेन र सीतापालादेखि चक्रपथ खण्डको दुई लेन सडकलाई ८ लेनमा विस्तार गरिनेछ । 

तर चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने वसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलङ्कीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किमी खण्डको मात्रै काम गर्ने भएको हो  । तर यस अवधिमा केही पनि काम अघि नबढ्दा जनताले सास्ती पाइरहेका छन् ।

ringroad yatra (2)ringroad yatra (4)ringroad yatra (5)ringroad yatra (6)ringroad yatra (7)ringroad yatra (8)ringroad yatra (9)ringroad yatra (10)ringroad yatra (11)ringroad yatra (12)ringroad yatra (13)ringroad yatra (14)ringroad yatra (15)ringroad yatra (16)ringroad yatra (17)ringroad yatra (18)ringroad yatra (20)ringroad yatra (21)ringroad yatra (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया