सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रोहतो मेन्थोलेटम नेपालले मनायो पाँचौँ वार्षिकोत्सव

शनिबार, १५ असार २०८१, ०८ : १८
शनिबार, १५ असार २०८१

रोहतो मेन्थोलेटम नेपालले पाँचौँ वार्षिकोत्सव मनाएको छ । रोहतो मेन्थोलेटम नेपाल प्रालि (रोहतो नेपाल), एक प्रतिष्ठित जापानी औषधि तथा सौन्दर्य सामाग्री उत्पादन गर्ने कम्पनीको सहायक कम्पनीले हो। रोहतो नेपालले उत्कृष्ट र नवीन स्किनकेयर तथा सौन्दर्य सामाग्रीहरू उत्पादन गरी ग्राहकहरू समक्ष प्रस्तुत गर्दै ग्राहकहरूको विश्वास तथा भरोसा जित्न सफल भएको छ ।

काठमाडौँ मेरियट होटेलमा मनाइएको पाँचौँ वार्षिकोत्सव कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । साथै रोहतो फार्मास्युटिकल कम्पनी जापानका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत कुनियो यामादा तथा सो कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख सरोकारवाला र कर्मचारीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

यस अवसरमा, रोहतो नेपालले विगत पाँच वर्ष देखि अविचल सहयोग र योगदान दिने सरोकारवालाहरूलाई सम्मान प्रदान गरेको थियो । यसैगरी, कम्पनीका संस्थापक निर्देशक स्व प्रदीप मण्डललाई कम्पनीप्रति उनको उत्कृष्ट र उच्चस्तरको योगदानको मूल्याङ्कन गरी 'रोहतो सम्मान' प्रदान गरिएको थियो । 

यसै अवसरमा कम्पनीले दुई वटा समझदारी पत्रहरूमा हस्ताक्षर गरेको थियो। पहिलो समझदारी पत्र, भानुभक्त मेमोरियल विद्यालयसँग गरिएको थियो जस अन्तरगत, आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरिने भनी हस्ताक्षर गरिएको थियो । यो छात्रवृत्ति कार्यक्रमको मुख्य उद्देश्य नेपालमा लैङ्गिक असमानताको समस्यालाई शिक्षा, सशक्तीकरण, वकालत र समुदाय संलग्नता मार्फत सम्बोधन गर्नु हो । यो छात्रवृत्ति कार्यक्रम कम्पनीको वातावरण, समाज र स्वास्थ्य कार्यक्रम अन्तर्गतको एक महत्त्वपूर्ण हिस्सा हो ।

त्यसै गरी, दोस्रो समझदारी पत्र नेपाल जडीबुटी व्यवसायी सङ्घसँग सहकार्य गर्ने सम्बन्धमा थियो। यस सहकार्यको प्रमुख उद्देश्य नेपालमा औषधीजन्य जडीबुटी र प्राकृतिक स्रोतहरूलाई छाला र आँखाको हेरचाह गर्ने उत्पादनका रूपमा विकास गर्न पहिचान गरी सो प्रवर्धन गर्ने विषय समावेश गरेको थियो ।

वार्षिकोत्सवमा रोहतो जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कुनियो यामादाले नेपाल र जापानका सरकारहरू, नेपाली उपभोक्ताहरू, सरोकारवालाहरू, कर्मचारीहरू, नागरिकहरू र समाजले दिएको निरन्तर सहयोग र सहकार्यको लागि कृतज्ञता व्यक्त गर्नु भएको थियो। यसका साथै उनले रोहतो मेन्थोलेटम समूहको उन्नत ज्ञान र नेपालका उत्कृष्ट स्थानीय स्रोतहरूलाई समावेश गरेर, कम्पनीले आगामी धेरै वर्षसम्म नेपालमा आफ्नो व्यवसाय निरन्तर बढाउने योजना, साथै यसले नेपाली जनताको स्वास्थ्य प्रवर्धनमा मद्दत हुने विश्वास पनि व्यक्त गरेका थिए ।

रोहतो नेपालका प्रबन्ध निर्देशक शुनसुके शिनोदाले विगत पाँच वर्षमा हासिल गरिएका उपलब्धिहरूमा असीम गर्व व्यक्त गरे। साथै यो सफलता ग्राहक तथा सरोकारवालाहरूको निरन्तर समर्थन र कर्मचारीहरूको कडा परिश्रम र समर्पणको प्रमाण भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप