कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नु पर्ने आवश्यकता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताए ।
२१ औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरूको अवस्थामा पनि सुधार नआउने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित श्रोत र साधनका बिच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उनले आग्रह गरे । पछिल्लो समयमा बसाइसराइ र विदेश पलायनले कृषि क्षेत्र धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले दिगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरूले चासो देखाउनु पर्ने बताए ।
यस वर्ष जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २१ औ धान दिवस मनाइँदै छ । धान लगायतका कृषि उत्पादनको वृद्धिका लागि गुणस्तरीय बिउको उत्पादन र कृषिमा यान्त्रीकरणमा प्रदेश सरकारले काम गरिरहेको उनले बताए । यस्तै रासायनिक मलको अभावलाई कम गर्न सङ्घीय सरकारसँग मिलेर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि,बाढी पहिरो तथा रोग किराका कारण धान उत्पादनमा असर परिरहेको भन्दै उनले जलवायु परिवर्तनको असरसँग अनुकूल हुने धानका जात र खेती प्रविधिको विकास गरी प्रविधिमैत्री उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको जोड दिए ।
कोशी प्रदेशमा पहिलो बालीका रूपमा धान खेती हुँदै आएको छ । २ लाख ७६ हजार ३८६ हेक्टर जमिनमा धान खेती हुन्छ हुने गरेको छ । जसमध्ये अहिलेसम्म १३.७१ प्रतिशत अर्थात ३ हजार ७८०.३५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा १७.४८ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने मध्य पहाडी क्षेत्रमा २१.२१ प्रतिशत तथा तराई क्षेत्रमा १०.७८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]