कोपा अमेरिका : नकआउटमा पुग्यो कोलम्बिया
शनिबार, १५ असार २०८१, ०६ : ४५

काठमाडौँ । कोस्टारिकामाथि सहज जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा टोली ३–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको ३१ औँ मिनेटमा लिभरपुलका लुइस डियाजले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औँ मिनेटमा डेभिनसन सान्चेजले टोलीको कोलम्बियाको अग्रता दोब्बर बनाए । ३ मिनेटपछि जोन कोरडोबाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
समूह डीमा रहेको टोलीको लगातार दोस्रो जित हो । टोली ६ अङ्कसहित शीर्ष स्थानमा छ । अन्तिम खेलमा ब्राजिललाई हराए वा बराबरीमा रोके टोली समूह विजेता पनि बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध