४ मिनेट ३७ सेकेन्डमा इलेक्ट्रिक कारको ब्याट्री ८० प्रतिशतसम्म चार्ज

लन्डन । बेलायती स्टार्टअप नियोबोल्टले विकास गरेको इलेक्ट्रिक कारको ब्याट्री पहिलो ‘लाइभ टेस्टिङ’ मा चार मिनेट ३७ सेकेन्डमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज भएको छ । ब्याट्रीको परीक्षण बेडफोर्डमा विशेष डिजाइन गरिएको कन्सेप्ट स्पोर्ट्स कारबाट गरिएको थियो।
केही मिनेटमै ब्याट्री फुल चार्ज गर्न सकिने प्रविधिको विकास गर्ने प्रयास उद्योगमा भइरहेको छ । यो यी प्रयासहरूको एक हिस्सा हो।
बेलायतमा भारतीय मूलका डा. साई शिवरेड्डीले सुरु गरेको स्टार्टअप कम्पनी निओबोल्टले यो ब्याट्री निर्माण गरेको हो । यसका लागि ३५० किलोवाट डीसी सुपरफास्ट चार्जर चाहिन्छ। विद्युतीय सवारीसाधन (ईभी) लाई छिटो चार्ज गर्ने प्रयासमा यसलाई महत्त्वपूर्ण कदम मानिएको छ ।
हालको टेस्ला सुपरचार्जरले १५-२० मिनेटमा कारको ब्याट्री ८०% सम्म चार्ज गर्न सक्छ। विज्ञहरूका अनुसार विद्युतीय सवारीको माग बढाउनका लागि तथाकथित ‘रेन्ज एन्जाइटी’ लाई हटाउन महत्त्वपूर्ण छ। उनीहरूले चार्जिङ पूर्वाधार सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
निओबोल्टका सह-संस्थापक डा शिवरेड्डीले उनी नतिजाबाट खुसी भएको तर परीक्षण सहज भने नभएको खुलाए । यो पहिलो पटक विशेषज्ञहरूको अगाडि परीक्षण गरिएको छ। प्रयोगशालामा गरिएको परीक्षणले ब्याट्रीलाई ६ मिनेटमा ० प्रतिशतदेखि शतप्रतिशतसम्म चार्ज गर्न सकिने बताएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति
-
प्रधानाध्यापकमाथि कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी
-
हिल्साको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
-
रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप दुई जना पक्राउ
-
काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली