सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

वृद्ध महिलाको हत्या आरोपमा एक पक्राउ

शनिबार, १५ असार २०८१, ०६ : १६
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेपाल प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५–४० वर्षका राजेश तामाङ रहेका छन् । 

तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरि हत्या गरेको बताइएको छ । 

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई हत्यारालाई खोजतलास गर्ने क्रममा डिगाँउ नजिक खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप