संयोजक र कर्मचारीमाथि हातपात भयो : पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय निर्वाचन समितिका संयोजक र महासंघका कर्मचारीमाथि केही व्यक्तिहरूद्वारा दुर्व्यवहार र हातपात भएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घको असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेका निर्वाचन समितिका संयोजक र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएका सबै पक्षलाई वार्तामा आउन र संवादमार्फत निष्कर्षमा पुग्न समेत अपिल गरेका छन् । विज्ञप्तिमा भनिएको छ- ‘नेपाल पत्रकार महासङ्घ निर्वाचनको प्रक्रियामा छ । यो निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्ने दायित्व हामी सबैको हो । यो प्रक्रियाप्रति कसैको विमति हुँदा संवादको माध्यमबाट त्यसलाई साझा धारणामा रूपान्तरण गर्नका लागि महासङ्घ सदा तयार छ ।’
महासङ्घले यस्ता अलोकतान्त्रिक क्रियाकलापले विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘आफ्ना मागहरूप्रति चित्त नबुझे त्यसलाई शान्तिपूर्ण ढङ्गबाट वार्ता र संवादका माध्यमले टुङ्ग्याउनुपर्नेमा यस्ता अलोकतान्त्रिक क्रियाकलापले विधिको शासन र लोकतन्त्रको समेत उपहास भएको ठहर महासंघको छ । महासङ्घ यस किसिमका घटनामा संलग्नमाथि कारबाही गरी शान्तिपूर्ण ढङ्गबाट समस्याको समाधान खोजी निर्वाचनको वातावरण सहज गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’
महासङ्घले आगामी असार २२ गते निर्वाचनको मिति घोषणा गरेको छ । तर नेपाल प्रेस युनियनले शुक्रबार साँझ सदस्यता विवाद नटुङ्ग्याई निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ