सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माग्ने निहुँमा लुटेर भागेका दुई भारतीय पक्राउ

शुक्रबार, १४ असार २०८१, २२ : ४७
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । भिख माग्ने निहुँमा लुटेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना छिन् । काठमाडौँको सेतो पुलमा डेरा गरेर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको डेरामा असार १३ गते भिख माग्ने निहुँमा गएर उनीहरुले गहना लुटेका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–१२ घर भएर सेतो पुलमा बस्ने उर्मिलाको कानको रिङ लुटेर उनीहरू फरार भएका थिए । आरोपीहरूलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । घटनाबारे प्रहरी वृत्त माली गाउँले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप