युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कोरिया प्रस्थान

काठमाडौँ । कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन् । एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् ।
मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन् । लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा आफ्नो भ्रमण केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए ।
कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ । कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ ।
वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात् मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ । यसैगरी कोरियन नेशनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।
मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए । मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग