शाओमीले ल्यायो अल न्यु–पक्का अल–राउनन् डर रेड्मी १३, कति छ मूल्य ?
![शाओमीले ल्यायो अल न्यु–पक्का अल–राउनन् डर रेड्मी १३, कति छ मूल्य ?](https://npcdn.ratopati.com/media/news/sh_4jGxbGyNVL.jpg)
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीको भनाइ छ, “ नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरुलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”
रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।
रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् ।
६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ ।
रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै