सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग प्रदान
शुक्रबार, १४ असार २०८१, २१ : १८

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ ।
सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी