निगमको वाइडबडी विमानले सी–चेक पायो

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो ।
पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी–चेक पाएको हो । क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो ।
मन्त्री तामाङले क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी–चेक सम्पन्न गर्न निर्देशन दिएका थिए ।
क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिए । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको जानकारी दिए । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा