उड्न लागेको प्लेनबाट फर्काइएका राजेशपायल दुबई पुगे
शुक्रबार, १४ असार २०८१, १९ : ४१

काठमाडौँ । चर्चित गायक राजेशपायल राई दुबई पुगेका छन् । शनिबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार दुबई पुगेका हुन् ।
कार्यक्रमका लागि राई बिहीबार नै दुबई जान प्लेनमा बसेका थिए । उड्नै लागेको जहाजमा अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका कारण उनलाई फर्काइएको थियो ।
विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको थियो । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।
राईको दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा कार्यक्रम रहेको छ । कार्यक्रममा उनले नयाँ तथा पुराना गरेर ३० बढी गीत प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?