सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

न्युर्याेकमा कन्सर्ट गर्दै गायक सुशान्त

शुक्रबार, १४ असार २०८१, १९ : १७
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन् ।

हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलो पटक नेपाली कलाकारको कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसी इभेन्ट टुरको तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचन, निज्जवल लम्साल, थिले थकाली, मिलन बस्नेतर योगेन्द्र लिम्ब्ले गर्न लागेका हुन् ।

नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए ।

कार्यक्रममा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्याेकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए । कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन् ।  

करिब ४ घण्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी’, ‘नजिक आऊ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउँछु’ लगायत दर्जन बढी लोकप्रिय गीत मार्फत दर्शक रिझाउनेछन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप