बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘हङ्गामा’ मार्फत अभिनयमा फर्किए धुर्मुस–सुन्तली

शुक्रबार, १४ असार २०८१

काठमाडौँ । लामो समययता अभिनय यात्रा रोकेर समाजसेवामा सक्रिय हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अभिनयमा फर्किएका छन् । केही अगाडि स्टेज कार्यक्रममा फर्किएका यो जोडी अहिले ‘हङ्गामा’ गीतको म्युजिक भिडियो मार्फत अभिनयमा फर्किएका हुन् ।

गायिका सुजाता केसी र तुलसी सिवाकोटीको स्वर रहेको रोमान्टिक गीतको भिडियोमा धुर्मुस–सुन्तली नयाँ शैलीमा  प्रस्तुत भएका छन् । सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा केशव बडूको एरेन्ज छ ।

भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन रहेको गीतमा माधव बेलबासेको सम्पादन छ । गीत गायिका केसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया