मलको समस्यालाई न्यूनीकरण गर्न जैविक मल उत्पादन सुरु
काठमाडौँ । नेपालमा रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले बायो अर्ग्यानिक (जैविक) मल उत्पादन सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको र उद्योग विभागको स्वीकृति अनुसार आरोह फर्टिलाइजर्स प्रालिले बायो अर्ग्यानिक मलको उत्पादन सुरु गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीले नेपालको पहिलो बायो अर्ग्यानिक (जैविक) मल उद्योगको रुपमा स्थापना भएको दाबी गरेको छ ।
रासायनिक मलको जथाभाबी प्रयोगले माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने र मलको लागि परनिर्भरताको अवस्थाको अन्त्य गर्न अर्ग्यानिक मलको सुरुवात गरिएको कम्पनीका अध्यक्ष सैलेन्द्र शम्सेर जबराले बताए । बढ्दो आधुनिक प्रविधिसँगै मलमा पनि नेपाली माटो र हावापानीलाई सुहाउँदो हुनुपर्ने उनले बताए ।
‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने नाराको अवधारणा अनुसार सो मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको उनको दाबी छ । ‘हिमाल, पहाड तराई÷मदेशको माटोमा परीक्षण पश्चात् कृषकको लागि उपयुक्त रहेको प्रमाणित हुँदै छ’, उनले भने, ‘नेपाली बजारमा पहिलो पटक यो मल ल्याउन लागेको ब्यहोराको जानकारी गर्दछु ।’
नेपाली खेतीको मुख्य सिजनमा मल अभाव हुने समस्या बर्सेनि देखिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्केटिङ हाउसमा चन्द्रपुर नगरपालिकाले लगायो ताला
-
सगरमाथाको आरोहण शुल्कले हलचल : कस्तो पर्छ असर ?
-
६ महिनामा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल, कुन शीर्षकमा कति संकलन ?
-
ताप्लेजुङ घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ रिफर
-
ओस्कारको मनोनयनमा पर्ने पहिलो ट्रान्सजेन्डर बनिन् कार्ला सोफिया
-
वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीको नयाँ श्रृङ्खलाको घोषणा