सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबल

विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी इटाली र स्विट्जरल्यान्ड नकआउट चरणमा भिड्दै

शुक्रबार, १४ असार २०८१, १८ : ११
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शनिबारदेखि नकआउट चरणको खेल प्रारम्भ हुँदैछ । नकआउट चरणको पहिलो खेलमा साबिक विजेता इटालीले स्विट्जरल्यान्डको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

इटाली र स्विट्जरल्यान्ड समूहगत चरणको खेलमा उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । स्विट्जरल्यान्ड समूह ‘ए’ को उप–विजेता बनेको थियो । स्विट्जरल्यान्डले समूहगत चरणमा आफूले खेलेको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो ।

विश्व फुटबलमा इटाली र स्विट्जरल्यान्ड निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म कुल ६० खेल खेलिएको छ । त्यसमध्ये २९ खेलमा इटालीले स्विट्जरल्यान्डलाई हराएको छ । सात खेलमा स्विट्जरल्यान्डले इटालीलाई पराजित गरेको छ । २४ खेल भने बराबरीमा सकिएको छ । इटाली र स्विट्जरल्यान्ड सन् १९११ को मे ७ तारिखमा पहिलो पटक आपसमा भिडेका थिए । 

स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीमाथि ३–१ गोलको जित हात पारेको थियो । आफ्नो दोस्रो खेलमा स्विट्जरल्यान्डको टोली स्कटल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा स्विट्जरल्यान्डले आयोजक राष्ट्र जर्मनीलाई १–१ गोलको बराबरीमा रोकेको थियो । 

इटाली भने समूह ‘बी’ को उप–विजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको हो । इटालीले समूहगत चरणमा एक जित, एक बराबरी र एक हारको नतिजा निकाल्यो । इटालीले आफ्नो पहिलो खेलमा अल्बानियालाई २–१ गोलले हराएको थियो ।

यसैगरी आफ्नो दोस्रो खेलमा इटालीको टोली स्पेनससँग ०–१ गोलले पराजित भएको थियो । तेस्रो खेलमा भने क्रोएसियाले इटालीलाई १–१ गोलको बराबरीमा रोकेको थियो । त्यसैले जारी युरोकपमा यी दुवै टोलीको अवस्था उस्तै देखिन्छ । 

mattia-zaccagni-getty

विश्व फुटबल महासंघद्वारा घोषित पछिल्लो वरीयतामा इटाली १०औँ र स्विट्जरल्यान्ड १९औँ स्थानमा आसिन छन् । युरोकपमा इटालीको यो ११औँ सहभागिता हो । इटालीले सन् १९६८ देखि युरोकपमा सहभागिता जनाउन थालेको हो । 

इटालीले हालसम्म दुईपटक युरोकपको उपाधि जितेको छ । इटालीले पनि सन् १९६८ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि उचालेको थियो । इटालीले त्यतिबेला फाइनलमा युगोस्लाभियालाई हराएको थियो ।

त्यसपछि इटालीले सन् २०२० मा दोस्रो पटक युरोकपको उपाधि कुम्ल्याएको थियो । साबिक विजेता समेत रहेको इटालीले अघिल्लो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै उपाधि हात पारेको थियो । 

यसका अतिरिक्त इटाली सन् २०१२ को युरोकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा इटालीलाई स्पेनले हराएको थियो । त्यसअघि सन् २००० मा पनि इटाली युरोकपको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । 

यसैगरी युरोकपमा स्विट्जरल्यान्डको यो छैटौँ सहभागिता हो । स्विट्जरल्यान्डले सन् १९९६ मा पहिलो पटक युरोकप खेलेको थियो । स्विट्जरल्यान्ड हालसम्म युरोकपको फाइनलमा पनि पुग्न सकेको छैन । यो तथ्याङ्का आधारमा भने युरोकपमा स्विट्जरल्यान्डभन्दा इटाली बलियो देखिन्छ ।

यसैगरी इटाली छनोट प्रतियोगितामा आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा उपस्थित भएको हो । त्यो समूहबाट इङ्ल्यान्ड विजेता बनेको थियो । इटाली छनोट प्रतियोगितामा खेलेका आठमध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । 

छनोट चरणको प्रतियोगितामा केही कमजोर प्रदर्शन गरेको इटालीको टोली दुई खेलमा भने बराबरीमा रोकिएको थियो । छनोट प्रतियोगितामा इटालीले विपक्षीको पोष्टमा १६ गोल गरेको थियो भने नौ गोल खाएको थियो । 

ss

स्विट्जरल्यान्ड पनि छनोट प्रतियोगिताको उप–विजेता बन्दै युरोकपमा पुगेको हो । त्यो समूहबाट रोमानिया पहिलो हुँदै युरोकपमा छनोट भएको थियो । स्विट्जरल्यान्डले छनोट चरणमा खेलेको १० मध्ये चार खेलमा जित, पाँच खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । छनोट चरणमा स्विट्जरल्यान्डले २२ गोल गरेको थियो भने ११ गोल खाएको थियो ।

विश्व फुटबलमा इटाली र स्विट्जरल्यान्ड निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म कुल ६० खेल खेलिएको छ । त्यसमध्ये २९ खेलमा इटालीले स्विट्जरल्यान्डलाई हराएको छ । सात खेलमा स्विट्जरल्यान्डले इटालीलाई पराजित गरेको छ । 

यी दुई टोलीबिचको २४ खेल भने बराबरीमा सकिएको छ । इटाली र स्विट्जरल्यान्डबिच सन् १९११ को मे ७ तारिखमा पहिलो भिडन्त भएको थियो । त्यो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यी दुई राष्ट्रबिच अन्तिम खेल सन् २०२१ को नोभेम्बर १२ तारिखमा खेलिएको थियो । त्यो खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । 

जारी युरोकपमा इटालीको प्रमुख प्रशिक्षकमा लुसियानो स्पालेट्टी रहेका छन् । इटालीको टोलीमा पेरिस सेन्ट जर्मनका जियानलुइगी डोनारुमा (कप्तान तथा गोलरक्षक), नापोलीका जियोभानी लोरेन्जो, इन्टर मिलानका फेड्रिको डिमार्को, युभेन्ट्सका फेड्रिको गाट्टी र फेड्रिको चिएसा, आर्सनलका जर्जिन्हो, रोमाका लोरेन्जो पेलेग्रिनीलगायतका चर्चित खेलाडी छन् । 

switzerland vs Italy

यसैगरी यो युरोकपमा स्विट्जरल्यान्डको प्रमुख प्रशिक्षक मुरात याकिन हुन् । स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप