ब्राजिलले घरमा गाँजा राख्न दिने

रियो द जेनरियो । ब्राजिलले लामो समयदेखि लागु औषध नियन्त्रणका लागि कडा कानुनको समर्थन गर्दै आएको थियो । तर अहिले ब्राजिल गाँजाको प्रयोगबारे लचिलो बनेको छ ।
ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने र व्यक्तिगत प्रयोजनमा प्रयोगलाई ‘अपराधमुक्त’ घोषित गरेको छ । गाँजा सेवनलाई कानुनी मान्यता दिने ब्राजिल अहिलेसम्मकै सबैभन्दा ठुलो देश बनेको छ ।
लामो समयदेखिको छलफलपछि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिने निर्णय गरिएको हो । ब्राजिलले बुधबार व्यक्तिगत प्रयोजनमा गाँजाको प्रयोगलाई कानुन बनाएको छ ।
ब्राजिलको सर्वोच्च अदालतले ब्राजिलियनहरूले ४० ग्रामसम्म गाँजा राख्न सक्ने निर्णय गरेको छ । यति गाँजा ८० ज्वान्टका लागि पर्याप्त हुन्छ । घरमा तोकिएको मात्रामा गाँजा राख्दा कुनै जरिवाना वा सजाय हुनेछैन ।
यो निर्णय केही दिनमा लागू हुनेछ । यसलाई अर्को १८ महिनासम्म लागू गरिनेछ । तर सार्वजनिक स्थलमा गाँजाको प्रयोग भने प्रतिबन्धित नै छ । यसो गरेको पाइएमा प्रहरीले समात्नेछ । विश्वभर २० भन्दा बढी देशहरूले गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएका छन् । त्यस्ता अधिकांश क्षेत्र/देशहरू युरोप र अमेरिकामा छन् । क्यानडा, स्पेन, जर्मनी जस्ता देशहरूले शर्तसहित गाँजाको प्रयोगलाई वैधानिक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा