विदेश बस्ने भारतीयले पठाए १२० अर्ब डलर विप्रेषण

नयाँ दिल्ली । गएको वर्ष विदेशमा बस्ने भारतीयहरूले घरमा १ खर्ब २० अर्ब डलर विप्रेषण पठाएका छन् । विश्व बैंकले बुधवार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
विप्रेषणको यो आकार गत वर्षको तुलनामा साढे ७ प्रतिशत धेरै हो । भारत भित्रिने विप्रेषण बढ्नुको एउटा कारण अमेरिकामा महँगीमा आएको कमी र त्यहाँका भारतका प्रशिक्षित श्रमिकको बढ्दो माग भएको बताइएको छ ।
विश्व बैंकका अनुसार गत वर्ष फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)सँग भएको सम्झौताबाट भारतलाई पनि फाइदा भएको छ । यसपटक भारतले पाएको कुल विप्रेषणमध्ये १८ प्रतिशत युएईबाट आएको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदनअनुसार भारत विश्वमा सबैभन्दा धेरै विप्रेषण भित्र्याउने देश हो ।
सूचीको दोस्रो स्थानमा मेक्सिको छ । सन् २०२३ मा मेक्सिकोमा ६६ अर्ब डलर विप्रेषण भित्रिएको छ । ५० अर्ब डलरसहित तेस्रो स्थानमा रहेको चीन छ । फिलिपिन्स र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । गएको वर्ष यी दुई देशमा क्रमशः ३९ अर्ब डलर र २७ अर्ब डलर विप्रेषण आप्रवाह भएको थियो ।
यो वर्ष भारतमा विप्रेषण आप्रवाह थप बढ्ने विश्व बैंकको अनुमान छ । बैंककाअनुसार सन् २०२४ मा भारतमा झन्डै १ खर्ब २४ अर्ब डलर विप्रेषण भित्रिने अनुमान छ । यो गएको वर्षको तुलनामा ३ दशमलव ७ प्रतिशत धेरै हुनेछ ।
सन् २०२५ मा विप्रेषणको आकार अर्को चार प्रतिशतले बढेर १ खर्ब २९ अर्ब डलर पुग्नेछ । प्रतिवेदनका अनुसार भारतमा अमेरिका र युएईबाट सबैभन्दा बढी विप्रेषण आएको छ । यसपछि साउदी अरब, कुवेत, ओमान र कतार रहेका छन् । यी चार ठाउँबाट गएको वर्ष भारत भित्रिएको कूल विप्रेषणमध्ये ११ प्रतिशत रकम आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल