सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन जेलबाट बाहिर निस्किए

शुक्रबार, १४ असार २०८१, १७ : ४७
शुक्रबार, १४ असार २०८१

नयाँ दिल्ली । भारतको झारखण्डका पूर्वमुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन ५ महिनापछि जेलबाट रिहा भएका छन् । उनी शुक्रबार साँझ ४ बजेतिर राँचीको बिरसा मुण्डा जेलबाट बाहिर आएका थिए । जेलबाट निस्किएपछि उनले हात हल्लाएर समर्थक र कार्यकर्तालाई अभिवादन गरेका थिए । उनको साथमा उनकी श्रीमती र वकिल पनि थिए ।

जग्गा घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मामिलामा झारखण्ड उच्च अदालतबाट सोरेनले जमानत पाएका थिए । न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले सोरेनलाई दुई ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हेमन्त सोरेनका वकिल पियुष चित्रेशले बताएका छन् । सोरेनलाई जनवरीको अन्त्यमा प्रवर्तन निर्देशनालयले समातेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप