सिधाकुराका संचालक युवरा कँडेलसहित ३ जनाविरुद्ध साइबर र अपमानजनक ब्यवहार मुद्दा दायर

काठमाडौँ । सिधाकुरा डटकमका संचालक युवराज कँडेलसहित ३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
वकिल कार्यालयले सिधा कुराले प्रसारण गरेको ‘द डार्क फाइल’मा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर घर भएका राज कुमार तिमल्सीना र सिधाकुरा डटकमका कार्यकारी सम्पादक नविन ढुंगानालाई विपक्षी बनाएको छ ।
कार्यक्रममा प्रसारण गरेको अडियो परिक्षण गर्दा ‘झुटो’ पुष्टि भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । राजकुमार तिमल्सीनाले अप्रमाणित अडियो क्लिप बनाएको र सो क्लिपलाई सिधा कुराले सत्यता जाँच गरेर युट्युब च्यानल मार्फत सार्वजनिक गरेको अनुसन्धान निष्कर्ष छ ।
उनीहरूलाई विद्युतीय कारोबार र अपमानजन व्यवहारको कसुरतर्फ सजाय गर्न सरकारी वकिल कार्यालयले मागदाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण