सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

शुक्रबार, १४ असार २०८१, १७ : ३६
शुक्रबार, १४ असार २०८१

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको हो ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप