सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

शुक्रबार, १४ असार २०८१, १६ : ४१
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् । 

एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए । 

सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्‍याउने दाबी गरे । 

‘मदन भण्डारी हाम्रो निकट, आफन्त, नेता, चिनेजानेको हुनुहुन्थ्यो र उहाँको अगुवाइमा भएकाले जबज कसरी छोड्ने भन्ने होइन’, ओलीले भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्‍यो । जबज कुनै ध्यान, तप आसन वा व्यायाम र तपस्याबाट आएको होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप