सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी छनोट

शुक्रबार, १४ असार २०८१, १६ : १७
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । भारतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुरा गर्ने जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको छ । प्रतिस्पर्धाको माध्यमबाट रंगशाला निर्माण कार्यको जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेकी हुन् । ‘हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन–कालिञ्चोक–बीबीआर जेभी छनोट भएको छ । अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता गर्नेछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।

मेयर दाहालले सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशालाका निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको पनि उल्लेख गरेकी छन् । ‘सयौँ व्यवधानलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौँ । हामी सबै नेपाली क्रिकेट प्रेमीको सपना अव छिट्टै पुरा हुँदैछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले टेन्डर आव्हान गरेको थियो । त्यसमा हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले ६८ करोड दुई लाख ६४ हजार दुई सय सात रुपैयाँमा रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो । 

j

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप