टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छः मोहन बस्नेत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् ।
उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । बस्नेतले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए । उनले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।
उनले भने, टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु