राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छः सांसद गुरुङ
शुक्रबार, १४ असार २०८१, १३ : ५२
![राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छः सांसद गुरुङ](https://npcdn.ratopati.com/media/news/prithbi-subba-gurung_HWloMCyjKY.jpg)
काठमाडौँ । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरु लोकतान्त्रिक हुन नसकेका बताएका हुन् । उनले राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए । उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए ।
नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएका उनले बताए ।
उनले नेपाली सेना र सशस्त्र प्रहरीपनि गणतन्त्रमैत्री हुन नसकेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’
-
नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा
-
नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली
-
काठमाडौँ महानगरपालिकाले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने
-
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण
-
रौतहट प्रहरीद्वारा २४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद