आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

कर्णालीको मौलिक लोक संस्कृतिको उत्खनन् गर्न ‘प्रथम कर्णाली सम्मेलन’ सुरु

शुक्रबार, १४ असार २०८१, १३ : ४७
शुक्रबार, १४ असार २०८१

सुर्खेत । कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ । ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो ।  सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन हुने उक्त सम्मेलन राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गरिएको हो । 

सम्मेलको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति धुर्व गौतमले गरेका छन् । पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा बृहत रुपमा बहस गरिने छ । त्यसका लागि कर्णाली भित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरुको सहभागिता रहेको छ ।  

कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले बताइन् ।  कार्यक्रममा विभिन्न कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस हुनेछ । ‘प्राकृति नेपाली भाष र कर्णाली सभ्यता’ शीर्षकमा डा.जीवेन्द्रदेव गिरी, डा. महेन्द्रकुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् भने हेमन्त भुषालको कौर नृत्य रहने छ ।

वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथा वाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र बसन्ती शाहीले बहस गर्नेछन् ।

मोहन परियारले हुड्के नाच प्रस्तुत गर्नेछन् भने ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापामगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गर्नेछन् ।  साथै अन्य विभिन्न सांस्कृतिक नाच तथा कर्णालीको सभ्यताको उत्खनन्का विषयमा छलफल तथा बहस हुने बताइएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप