आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पाँच महिनापछि हेमेन्त सोरेनले पाए जमानत

शुक्रबार, १४ असार २०८१, १३ : ००
शुक्रबार, १४ असार २०८१

नयाँ दिल्ली । झारखन्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले जमानत पाएका छन् । जमिन घोटालासँग सम्बन्धित सम्पत्रि शुद्धिकरण मामिलामा उच्च अदालतबाट उनले जमानत पाएका हुन् । अदालतले जुन १३ मै सोरेनको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । 

सोरेनले जमानत पाएको र उनी छिट्टै जेलबाट बाहिर आउने उनका वकिले अरुणाभ चौधरीले बताएका छन् । राँची जेलकम नेताहरूको जमघट शुर भएको छ । झारखन्ड मुक्ति मोर्चा (झाझुमो)का अध्यक्ष हेमन्त सोरेनलाई सम्पत्ति शुद्धीकरणको मामिलामा जनवरी ३१ को राति प्रवर्तन निर्देशालय (ईडी)ले पक्राउ गरेको थियो । 

सोरेनलाई जमानत दिए उनले यस्तो खालको अपराध  फेरि गर्ने भन्दै ईडीका वकिलको दलिल थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप