आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

शुक्रबार, १४ असार २०८१, ११ : ५६
शुक्रबार, १४ असार २०८१

नयाँ दिल्ली । दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो ।

यस घटनामा एक जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका थिए । स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए । भत्किएको संरचना सन् २००९ मा बनेको बताइएको छ ।

यस मामिलामा छानबिन गर्न दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडलाई भनिएको र मन्त्रालयको तर्फबाट डीजीसीए सो जाँचको हिस्सा हुने बताइएको छ । यो घटनालाई गम्भीरतापूर्वक लिइने भन्दै मन्त्री नायडुले देशभरका यस्ता संरचना भएका सबै विमानस्थलको जाँच गरिने बताए ।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ ।

यस दुर्घटनामा एक जना क्याब ड्राइभरको मृत्यु भएको थियो । मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ । करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू ६ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप